शाेलार

सोलारबाट उत्पादित ५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडियो

काठमाडौं । नेपालको राष्ट्रिय प्रसारण लाइनमा सोलारबाट उत्पादित ५ मेगावाट विद्युत् थपिएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा निर्माण सम्पन्न भएको सोलार फार्म प्रालिबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा थपिएको हो ।   निजी क्षेत्रबाट प्रथम विद्युत् विक्री सम्झौता गर्ने सो कम्पनीबाट उत्पादित विद्युत् बेलचौतारा सवस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । सो सौर्य ऊर्जा परियोजनाको […]

४१७ मेगावाटको नलगाड जलविद्युतको डीपीआर निर्माण अधुरै

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिकामा निर्माण हुने भनिएको नलगाड जलविद्युत् आयोजनाको डीपीआर ६० महिनासम्म पूरा भएको छैन । कूल ४१७ मेगावाट क्षमताको जलाशययुक्त आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) मा प्रगति नहुँदा ढिलाइ हुँदै गएको छ ।   आयोजनाको डीपीआरको काम अष्टे«लियन कम्पनी स्मेकले गरिरहेको छ । स्मेकले डीपीआरको काम करीब ८५ प्रतिशत सकिएको र बाँकी १५ […]

देशकै सबैभन्दा ठूलो सौर्य प्लान्टबाट विद्युत् उत्पादन शुरू, १० मेगावाट बिजुली केन्द्रीय प्रसारणमा जोडियो

त्रिशूली । नुवाकोटमा निर्माण भइरहेको २५ मेगावाट क्षमताको मुलककै ठूलो सौर्य प्लान्टबाट १० मेगावाट विद्युत् उत्पादन थालिएको छ ।   परीक्षणका रूपमा गत जेठमा १.२५ मेगावाट विद्युत् उत्पादन भएकामा अहिले थप ८.७५ मेगावाट विद्युत् उत्पादन थालिएको आयोजना प्रमुख विकास रघुवंशीले जानकारी दिए ।   आयोजनाको पछिल्लो प्रगति बुझ्न सोमबार स्थलगत अवलोकनमा आएका नेपाल विद्युत् प्राधिकरणका […]

कर्णालीका ५ स्थानीय तहमा सौर्य प्रर्णालीबाट विद्युत् उत्पादन हुँदै

कर्णाली । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र काठमाडौँले कर्णालीका पाँचवटा स्थानीय तहमा सौर्य विद्युत् प्रणालीको जडान गर्न थालेको छ ।   केन्द्रको अनुदानमा स्थानीय तहको स्वामित्व रेखदेख गर्ने गरी सौर्य विद्युत् प्रर्णाली जडान गर्न लागिएको हो ।केन्द्रले कर्णालीका पाँचवटा स्थानीय तहमा तीन महिनाभित्र सौर्य विद्युत् प्रणाली जडान गर्न लागेको हो ।   जुम्लाको गुठीचौर गाउँपालिका–२ मुरेली […]

सिंगापुरको कम्पनीले नेपालकै ठूलो २५० मेगावाटको सौर्य ऊर्जा परियोजना अघि बढाउँदै

काठमाडौं । देशभित्र हालसम्मकै ठूलो सौर्य परियोजना अगाडि बढ्ने भएको छ । लगानी बोर्ड र प्रवद्र्धक कम्पनीबीच परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन (डीपीआर) तयार पार्ने लक्ष्यका साथ समझदारीपत्रमा हस्ताक्षर भएको छ ।   बोर्डका उपसचिव एवं सहप्रवक्ता रमेश अधिकारीका अनुसार ४० मेगावाट क्षमताको ब्याट्री स्टोरेज प्लान्टसहितको २५० मेगावाट क्षमताको ग्रीडमा जोडिने सौर्य परियोजना अगाडि बढ्ने भएको […]

झापामा नेपालकै ठूलो सौर्य विद्युत् परियोजना बन्दै, १० मेगावाट विद्युत् उत्पादन गर्ने

झापा । झापामा नेपालकै ठूलो सौर्य विद्युत् परियोजनाको काम द्रुतगतिमा अघि बढेको छ ।   १० मेगावाट सौर्य विद्युत् उत्पादन गर्ने महत्वाकाङ्क्षी योजनासहित २ वर्षअघि स्थापना भएको झापा इनर्जी लिमिटेडले सोलार प्यानल राख्नका लागि २२ बिघा जग्गा खरिद गरेको छ ।   शिवसताक्षी नगरपालिका वडा नं ३ र ४ मा सोलार प्यानल राख्नका लागि प्रतिबिघा […]

गौतमबुद्ध विमानस्थलमा १० मेगावाटको सोलार प्लान्ट राखिने

काठमाडौं । सरकारले निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा विद्युत् आपूर्तिका लागि सौर्य प्रणाली (सोलार प्लान्ट) जडान गर्ने भएको छ ।   निर्माणको अन्तिम चरणमा रहेको सो विमानस्थलमा १० मेगावाट क्षमताको सौर्य प्रणाली जडान गर्ने विषयमा आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईबीच छलफल भएको हो ।   ऊर्जा […]

नलगाडको मुआब्जा वितरण सम्पन्न, ९४५ परिवारलाई २ अर्बभन्दा बढी दिइयो

जाजरकोट । नलगाड जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रका ९४५ परिवारलाई २ अर्बभन्दा बढी मुआब्जा वितरण गरेको छ । नलगाडले असार तेस्रो सातादेखि मुआब्जा वितरण थालेको थियो ।   ४१७ मेगावाट क्षमताको जलाशययुक्त आयोजनाले अहिलेसम्म ४ हजार रोपनी जग्गा अधिग्रहण गरिसकेको छ । मुआब्जावापत आयोजना प्रभावितलाई कुल २ अर्ब ७६ करोड ३१ लाख १२ हजार ७९८ उपलब्ध […]